२० बैशाख २०८१, बिहिबार

यस्तो छ देशभरको तीन दिनको मौसम पूर्वानुमान


मौसम

काठमाडौँ, फागुन २८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

देशको गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी भू-भागमा आंशिक बदली रहि वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

२०७८ फागुन २८ गते (शनिबार)

दिउँसो

देशको प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भु-भागमा आंशिक बदली रही बांकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको उच्च हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती

देशभर मौसम सामान्यतया सफा रहने छ ।

२०७८ फागुन २९ गते (आईतबार)

दिउँसो

देशभर मौसम सामान्यतया सफा रहने छ ।

राती

देशभर मौसम सामान्यतया सफा रहने छ ।

२०७८ फागुन ३० गते (सोमबार)

दिउँसो

देशभर मौसम सामान्यतया सफा रहने छ ।

राती

देशभर मौसम सामान्यतया सफा रहने छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहनुको साथै मध्य तथा पूर्वी भूभागका उच्च हिमाली भू-भागमा एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !