२२ बैशाख २०८१, शनिबार

यस्तो छ देशभरको तीन दिनको मौसम पूर्वानुमान


मौसम

काठमाडौँ, फागुन २५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

हाल मौसमको अवस्था

प्रदेश १ र मधेश प्रदेशको भु-भागमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

२०७८ फागुन २५ गते (बुधबार)

दिउँसो

देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

राती

देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

२०७८ फागुन २६ गते (बिहिबार)

दिउँसो

देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १का पहाडी तथा उच्च हिमाली भु-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भु-भागमा आंशिक बदली रहने छ । सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भु-भागमा अपरान्हपछि एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती

देशको पहाडी तथा हिमाली भु-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भु-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ फागुन २७ गते (शुक्रबार)

दिउँसो

देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

राती

देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएकोले उल्लेखनीय चेतावनी तथा परामर्श नभएको विभागले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !