१० जेष्ठ २०८१, बिहिबार

यस्तो छ देशभरको तीन दिनको मौसम पूर्वानुमान


मौसम

काठमाडौँ, फागुन १५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेश सामान्य वदली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

२०७८ फागुन १५ गते (आईतबार)

दिउँसो

देशको सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य वदली तथा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही वाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ । देशको सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भू-भागहरुका एक दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरु तथा बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

राती

देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ फागुन १६ गते (सोमबार)

दिउँसो

देशको पहाडी भू-भागमा आंशिक बदली लगायत अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

२०७८ फागुन १७ गते (मंगलबार)

दिउँसो

देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती

देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भू-भागहरुका एक दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रही देशको पश्चिमी उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरु तथा मध्य तथा पूर्वी उच्च पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेकोले त्यसको प्रभावहरूबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !