१४ बैशाख २०८१, शुक्रबार

२०७८ साल पुस ३० गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, पुस ३० । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल प्रदेश २ तथा बाकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ ।

दिउँसो

प्रदेश १ र प्रदेश २ तथा सुदूर पश्चिम प्रदेशमा आंशिक बदली तथा देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर आंशिक बदली रहने छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसो बाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !