१४ बैशाख २०८१, शुक्रबार

यस्तो छ देशभरको तीन दिनको मौसम पूर्वानुमान


मौसम

काठमाडौँ, पुस २९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल देशमा पश्चिमी वायू तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ । देशका अधिकांश भू-भागमा सामान्य बदली रहेको छ । प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

२०७८ पौष २९ गते (बिहिबार)

दिउँसो

देशभर आंशिक देखि सामान्य बदली रहने छ ।

राती

देशभर आंशिक बदली रहने छ ।

२०७८ पौष ३० गते (शुक्रबार)

दिउँसो

प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहने छ ।

राती

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने छ । प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ माघ ०१ गते (शनिबार)

दिउँसो

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ । प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती

प्रदेश १ र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशभर आंशिक देखि सामान्य बदली हुने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !