२० बैशाख २०८१, बिहिबार

इलामका उच्च पहाडी क्षेत्रमा पुनः हिमपात शुरु


सन्दकपुर हिमपात फाइल फोटो

मङ्गलबारे । इलाम जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात शुरु भएको छ । उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगायत स्थानमा आज बिहानैदेखि हिमपात शुरु भएको हो ।

उच्च पहाडी क्षेत्रमा मात्र हिमपात भए पनि जिल्लाका अन्य स्थानमा वर्षा भइरहेको छ । सन्दकपुर गाउँपालिकाको सन्दकपुर, जौबारी, कालपोखरी र गैरीबास तथा इलाम नगरपालिकाको पाटेनागीलगायत स्थानमा वर्षासहित हिमपात भइरहेको छ ।

हिमपातले जिल्लाका उच्च पहाडी क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिउँ परेपछि चिसो बढेको छ । हिउँ परेको क्षेत्रमा समेत गाईबस्तुलाई घाँस लगाउन र बाहिरको काम गर्न समस्या भएको छ सन्दकपुरका मातृका खतिवडाले बताए ।

उहाँका अनुसार वर्षासहितको चिसोले घरबाहिरको काम गर्नसमेत समस्या भएको छ । उच्च पहाडी क्षेत्रमा हिमपात भएसँगै दैनिक कामकाज प्रभावित भएको हो । झरीका कारण सदरमुकामलगायत जिल्लाका मानिसलाई गन्तव्यसम्म पुग्नसमेत समस्या भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !