१४ बैशाख २०८१, शुक्रबार

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान


काठमाडौँ, मंसिर १४ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

हाल नेपालमा अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

देशभर आंशिक बदली रहेको छ ।

२०७८ मंसिर १४ गते (मंगलबार)

दिउँसो

देशभर आँशिक बदली रहने छ ।

राती

सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भु-भागमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ । सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ मंसिर १५ गते (बुधबार)

दिउँसो

सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको र सो प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात सम्भावना रहेको छ ।

राती

सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको र सो प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात सम्भावना रहेको छ ।

२०७८ मंसिर १६ गते (बिहीबार)

दिउँसो

सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमति प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । सुदूर पश्चिम, कर्णाली, गण्डकी र बागमति प्रदेशको भू-भागको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र सो प्रदेशको पहाडी भू-भागको केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात सम्भावना रहेको छ ।

राती

सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमति प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । सुदूर पश्चिम, कर्णाली, गण्डकी र बागमति प्रदेशको भू-भागको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र सो प्रदेशको पहाडी भू-भागको केहि स्थानहरुममा हल्का देखि मध्यम हिमपात सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशभर चिसो वढ्ने क्रममा समेत रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !