४ जेष्ठ २०८१, शुक्रबार

यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान


मौसम

काठमाडौँ, असोज १२ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

बिहान ६:०० बजे

मौसम विश्लेषण

हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ ।

बिगत २०७८ आश्विन ८ गते (२०२१ सेप्टेम्बर २४ तारिक) मा बंगालको खाडीमा गहिरो न्यून चापिय क्षेत्र बन्न शुरु भई आश्विन ९ गते (सेप्टेम्बर २५ तारिक) मा बनेको “गुलाब” नामक शक्तिशाली चक्रवात‍ आश्विन १० गते (२६ तारिक) का दिन उडिसाको जमिनमा अवतरण भई पश्चिम दिशा तर्फ अगाडि बढिरहेको छ । यसको अप्रत्यक्ष परिधीय असरका कारण नेपालमा आंशिक देखि सामान्य बदलीको अवस्था हुन सक्ने तर यसको असरका कारण देशमा भारी वर्षा हुने सम्भावना भने न्यून रहेको जानकारी विभागले अवगत गराएको छ ।

हाल मौसमको अवस्था

हाल देशभर आँशिक देखि सामान्य बदली रही कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भएको छ ।

२०७८ आश्विन १२ गते (मंगलबार)

दिउँसो

देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७८ आश्विन १३ गते (बुधबार)

दिउँसो

देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७८ आश्विन १४ गते (बिहिबार)

दिउँसो

देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती

देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशभर आँशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !