१४ बैशाख २०८१, शुक्रबार

आज चैत्र २७ गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

काठमाडौँ, चैत्र २७ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापिय प्रणालीको पनि प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

देशको पहाडी भू-भागहरूमा आंशिक वदली बदली रहेको छ ।

दिउँसो

प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि समान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ का थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिना सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी तथा मध्य पहाडी तथा तराइका केही भूभागहरुमा हल्का तुंवालो समेत लाग्न सक्ने सम्भावना रहेको छ ।

राती

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी/असिना सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहको तथा देशका पहाडी तथा तराइ भूभागका केही स्थानहरूमा तुंवालो समेत लाग्ने सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !