२५ बैशाख २०८१, मंगलबार

यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान


मेघ गर्जन/चट्टयाङ्/हावाहुरी सहित वर्षाको सम्भावना मौसम

काठमाडौँ, चैत्र २३ ​। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशमा स्थानीय र पश्चिमि वायुको सामान्य प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र २३ गते (सोमबार)

दिउँसो

देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा फाटफुट/हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

चैत्र २४ गते (मंगलबार)

दिउँसो

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, गण्डकी, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकि पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू-भाका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र २५ गते (बुधबार)

दिउँसो

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, गण्डकी, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका पहाडी भू-भागमा आंशिक बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !