२६ बैशाख २०८१, बुधबार

यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान


मेघ गर्जन/चट्टयाङ्/हावाहुरी सहित वर्षाको सम्भावना मौसम

काठमाडौँ, चैत्र १२ ​। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६ बजे)

मौसम विश्लेषण

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

चैत्र १२ गते (बिहीबार)

दिउँसो

देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

चैत्र १३ गते (शुक्रबार)

दिउँसो

प्रदेश न. १ को पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश न. १ को पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

चैत्र १४ गते (शनिवार)

दिउँसो

देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती

देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही पहाडी भू- भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !