१४ बैशाख २०८१, शुक्रबार

आज असार १० गते बुधबार देशभरको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

असार १०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६: ०० बजे)

मौसम विश्लेषण

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था

हाल देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश २ का बारा, पर्सा, रौतहट र प्रदेश ५ का बाँके, बर्दिया, दाङ्गमा मौसम सफा छ । सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा र प्रदेश १ का तराई भू-भागमा बर्षा भईरहेको छ ।

दिउँसो

देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।

राती

देशको सबै प्रदेशहरुका अधिकांश स्थानहरुमा पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश १, प्रदेश २, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ । तसर्थ ती क्षेत्रहरुका नदीमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !