१४ बैशाख २०८१, शुक्रबार

आज असार ६ गते शनिबार देशभरको मौसम पूर्वानुमान


मौसम पूर्वानुमान

असार ६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

(बिहान ६: ०० बजे)

मौसम विश्लेषण

हाल भारतको पूर्वि उत्तर प्रदेशको भू-भागमा न्युन चापिय प्रणाली अवस्थित छ ।

हालको मौसमको अवस्था

हाल देशका अधिकांश भूभागमा सामान्यतया बदली रही केही स्थानहरुमा हल्का देखी मध्यम वर्षा भैरहेको देखिन्छ । गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा समेत भएको छ ।

दिउँसो

सुदुर पश्चिम प्रदेश मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का थोरै स्थानहरु र कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ ।

राती

सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का थोरै स्थानहरु र कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का थोरै स्थानहरु र कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ जसका कारण ती क्षेत्रहरुका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने संभावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !