७ बैशाख २०८१, शुक्रबार

सिन्धुपाल्चोकको सुन्दर पर्यटकीय गन्तब्य हेलम्बु


हेलम्बु

पृष्ठभूमि : हेलम्बु क्षेत्रमा ह्योल्मो जातीको बाहुल्यता छ । ह्योल्मो जातीको मुख्य बसोवासको थलो योल्मो क्षेत्र (हेलम्बु) को नामाकरणका बारेमा विभिन्न मतहरु रहेका छन् । दावा साङवो लामाको पुस्तक (योल्मापा देवा ङ्येतोङ वंशको ईतिहास, २०६२) मा लेखिए अनुसार यो ठाउँ नेछेना वेयुल ह्योल्मो हो । नेछेनाको अर्थ महातीर्थस्थल हो । वेयुलको अर्थ अमूल्य चीज लुकेको ठाउँ हो । ह्योलको अर्थ वरिपरि हिमालले घेरिएको स्थान र मो को अर्थ देवी अर्थात आमा याङ्रीद्धारा रेखदेख गरिएको क्षेत्र भन्ने बुझिन्छ । त्यही शब्द हेलम्बु हुन गएको भन्ने मत बलियो छ ।

परिचय

हेलम्बु सिन्धुपाल्चोक जिल्लाको पश्चिम भागमा अवस्थित गाउँपालिका हो । यस सिन्धुपाल्चोक जिल्लाको उत्तर पश्चिम भेगमा अवस्थित यस हेलम्बु गाउँपालिका साविकका महाङकाल, इचोक, पाल्चोक, किउल र हेलम्बु गरी ५ गाविसहरु मिलेर गठन भएको हो । यस गाउँपालिका जिल्ला सदरमुकामबाट १४ कोष दुरी टाढा पर्दछ । हेलम्बु गाउँपालिकाले आफ्नै पहिचान बोकेको छ । चिसो हावापानी पाइने हेलम्बु जिल्लाकै एक आकर्षक गाउँपालिका हो ।

पर्यटकीय क्षेत्रको रुपमा महत्वपूर्ण गन्तब्य रहेको हेलम्बु गाउँपालिकालाई सडक सञ्जालले छपक्कै बनाएइको छ । सो क्षेत्रलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गराउने हिसाबले गाउँपालिकाका सबै वडाहरुमा सडक सञ्जालले जोडिएको छ । यस हेलम्बु गाउँपालिकामा बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको मुहान र सुरुङ अधिकाँश भाग समेत पर्दछ । यहाँका प्रमुख पर्यटकीय केन्द्रहरु आमा याङरी, मेलम्चीघ्याङ, तार्केघ्याङ, सेर्माथाङ, ककनी, घोप्टेघ्याङ ,पाल्चोकी माई आदि हुन् ।

महत्व

यो भेक घुम्नाले पूरा हेलम्बू क्षेत्रको रमणीय दृश्यावलोकन गर्न र धार्मिक सांस्कृतिक विषयको जानकारी पाउन सकिन्छ । शेर्पाको आतिथ्य सत्कार, सरसफाइ, चीज, गुम्बा र गुजुमुज्ज घरहरूमा फहराइरहेका झ्ण्डा अध्ययनका नयाँनयाँ विषय हुन् । हेलम्बूका स्याउ चर्चित मात्र हैनन, सुन्दरीका गालाको तारीफमा सबैभन्दा बढी प्रयोग हुने बिम्व पनि बनिसकेका छन् ।

धार्मिक तथा सांस्कृतिक महत्व

हेलम्बु क्षेत्रभित्र ऐतिहासिक महत्वका गुम्बा (घ्याङ), माने, गुफा आदि धेरै संरचनाहरु रहेका छन् । माथिल्लो भू(भागमा ह्योल्मो र तामाङ जातीको बाहुल्यता रहेको छ भने तल्लो बेशी भूभागमा ब्राम्हण, क्षेत्री, दमाई, कामी, आदि जातीको बाहुल्यता रहेको छ ।

पर्यटकीय महत्व

चीनको ग्रेटवाल भनेर निकै चर्चामा रहेझैं हेलम्बुलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने हेतुले हेलम्बुको चारैतिरको उच्च भागमा ग्रेटटेल अर्थात पर्यटकीय पद्मार्गमा खुड्किला बनाउन डिपीआरको तयारी रहेकोले पनि सुगम हुँदैछ । हेलम्बुको पर्यटकीय क्षेत्रहरु कुन्टुङसाङ, घोप्टेघ्याङ, मेलम्चीघ्याङ, तिम्बु, पाल्चोक, ककनी, तिगाले, शेर्मुथान लगायत क्षेत्रहरुमा फराकिलो सडक बनाईएको छ ।

प्राकृतिक सौन्दर्य

प्राकृतिक रूपमा निकै सुन्दरताका साथै साँस्कृति रूपमा पनि हेलम्बुको आफ्नै विशेषता छ । हिमाली शेर्पा संस्कृतिमा धनी चिसो हावापानी मनोरम हिमश्रृङ्खला आदिले जो कोही पर्यटकलाई हेलम्बुले लोम्भ्याउदछ । यस ठाउँको अतिथि सत्कार, विशेष खालको संस्कृति परम्परा आकर्षक प्राकृतिक सौन्दर्यता, स्वच्छ वातावरणले गर्दा यो क्षेत्र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको छ ।

प्राकृतिक रुपमा निकै सुन्दरताका साथै साँस्कृति रुपमा पनि हेलम्बुको आफ्नै विशेषता छ । हिमाली शेर्पा संस्कृतिमा धनी चिसो हावापानी मनोरम हिमश्रृङ्खला आदिले जो कोही पर्यटकलाई हेलम्बुले लोभ्याउदछ । अकिकाशं भुभाग पहाड र सुन्दर डाँडा पाखाले भरिएको हेलम्बु गाउँपालिका सुन्दर शान्त रमणिय जुगल हिमालको सन्निकट याङरीमा डाँडाको काखमा रहेको छ ।

पर्यटन प्रर्वद्धन

पर्यटकीय क्षेत्रको रुपमा महत्वपूर्ण गन्तब्य रहेको हेलम्बु गाउँपालिकालाई सडक सञ्जालले छपक्कै बनाएइको छ । सो क्षेत्रलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गराउने हिसाबले गाउँपालिकाका सबै वडाहरुमा सडक सञ्जालले जोडिएको छ ।

पर्यटकीय सम्भावना

सडक सञ्जालले जोडिएपछि राजधानीबाट नजिक पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाहय पर्यटकको आउजाउमा सहजता मिलेकोले पर्यटकीय सम्भावना बढेको छ ।

आकर्षणहरू

आमा याङरी, मेलम्चीघ्याङ, तार्केघ्याङ, सेर्माथाङ, ककनी, कुटुमसाङ, घोप्टेघ्याङ जस्ता महत्वपूर्ण स्थल रहेको यस ठाउँमा गुम्बा, माने, घ्याङहरु, मन्दिर अवलोकन गर्दा मानिसको मन छुने हुन्छ । यस क्षेत्रको अधिकाँश भुभाग वनजङगलले ढाकेको छ । यस गाउँपालिकाका मुख्य व्यापारिक केन्द्रहरु ग्याल्थुम, चनौटे, तिम्बु र किउल बगर लगायताका स्थान हुन ।

कसरी पुग्ने ?

काठमाडौं उपत्यकामा खानेपानी ल्याइने स्थान मेलम्चीबाट नजिकै रहेको हेलम्बु एक दिनमा पुग्न सकिन्छ । चाबहिलबाट हेलम्बु र आमाहेल्मो यातायात कम्पनीका सवारीसाधनले मेलम्ची खानेपानी परियोजनाको केन्द्रीय कार्यालय हुँदै तिम्बुसम्म पुर्याउँछ । आफ्नो सवारीसाधन हुनेका लागि यहाँबाट पनि तार्केघ्याङ जान सकिन्छ ।

तस्वीर : देवराज सुवेदी

यो पनि पढ्नुहोस्  

सिन्धुपाल्चोकको सुन्दर पर्यटकीय गन्तब्य पाँचपोखरी

शिवको तपोभूमि र बुद्धले पाइला टेकेको पवित्र तीर्थस्थल शैलुङ

रामेछापको ऐतिहासिक पर्यटकीय गन्तव्य दोरम्बा

सिन्धुलीको ऐतिहासिक पर्यटकीय गन्तव्य सिन्धुलीगढी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !