१४ बैशाख २०८१, शुक्रबार

पर्साको ऐतिहासिक पर्यटकीय गन्तव्य घडिअर्वा पोखरी


ghadiarwa pokhari214

पृष्ठभूमि : पहिला यो एउटा पोखरी मात्र थियो त्यसपछि परिसरको रुपमा चिनिन थाल्यो । यस पोखरी परिसरमा छठ पर्वको बेलामा ठूलो मेला लाग्ने गर्दछ । घडिअर्वा पोखरी छठ पर्वकै पूजाका लागि लक्ष्य गरी निर्माण गरिएकाले बर्षेनी छठका बेला यसको चर्चा हुन्छ ।

परिचय

घडिअर्वा पोखरी वीरगंजको एउटा ऐतिहासिक पर्यटकीय स्थल हो । घडिअर्वा पोखरीको उद्घाटन वि.सं.२०५६ साल पौष १३ गते मंगलबारका दिन तत्कालिन राजा वीरेन्द्र शाहले गरेका थिए । वीरगञ्ज उपमहानगरपालिकाले घडिअर्वा पोखरीको डिजाइन नै ब्रतालुलाई सजिलो हुनेगरी बनाएको छ, छठकै लागि सूर्यमन्दिर, गंगा माता समेतको मूर्ति पनि निर्माण गरिएको छ ।

नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका १०० स्थानहरुको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अघि बढाएको हो । यस अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रर्वद्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तब्यहरुमा पर्सा जिल्लाको घडिअर्वा पोखरीलाई पनि छनोट गरेको छ ।

धार्मिक तथा सांस्कृतिक महत्व

वीरगञ्ज उपमहानगरपालिकाले घडिअर्वा पोखरीको डिजाइन नै ब्रतालुलाई सजिलो हुनेगरी बनाएको छ, बिशेषगरी छठकै लागि सूर्यमन्दिर, गंगा माता समेतको मूर्ति पनि निर्माण गरिएको छ । पोखरीलाई आदिकालदेखिकै प्राकृतिक तथा धार्मिक स्थलका रूपमा मानिँदै आएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म यहाँ सूर्यदेवको आराधना, उपासना र पूजा गरिदै छठ पर्व मनाइन्छ ।

प्राकृतिक सौन्दर्य

सातओटा घोडाले तानेको रथमा बसेका सूर्य भगवानको आकर्षक प्रस्तर प्रतिमाले यस पोखरीको मात्रै होइन, वीरगञ्जकै शोभा बढाएको छ । पोखरीलाई आदिकालदेखिकै प्राकृतिक तथा धार्मिक स्थलका रूपमा मानिँदै आएको छ ।

पर्यटकिय महत्व

प्राकृतिक तथा धार्मिक स्थलका रूपमा मानिँदै आएको यो स्थलले धार्मिक पर्यटकको महत्व बोकेको छ ।

कसरी पुग्ने

काठमाडौंदेखि भरतपुर हुँदै विरगन्जको यो पोखरी पुग्न सकिन्छ ।

यो पनि पढ्नुहोस्  

रौतहटको ऐतिहासिक पर्यटकीय स्थल नुनथर

धनुषाको ऐतिहासिक धार्मिक स्थल मणि मण्डप

बाराको ऐतिहासिक पर्यटकीय गन्तव्य सिम्रौनगढ

सर्लाहीको मनोरम पर्यटकीय गन्तब्य नाढीमन ताल

महोत्तरीको प्रसिद्ध धार्मिक तीर्थस्थल जलेश्वर महादेव

मनोकामना पूरा गर्ने सप्तरीको धार्मिक शक्तिपीठ छिन्नमस्ता

सिराहाको ऐतिहासिक पर्यटकीय स्थल सहलेस दरबार पर्यटन क्षेत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !