१३ बैशाख २०८१, बिहिबार

खोटाङको सुन्दर पर्यटकीय गन्तब्य बराह पोखरी


बराह पोखरी

पृष्ठभूमि : नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पहिचान गरेका १०० वटा नयाँ पर्यटकीय गन्तब्यहरुमा खोटाङ जिल्लाको बराह पोखरीलाई छनोट गरेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने गरी २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यको जिम्मा बराह पोखरीलाई पनि दिइएको छ ।

परिचय

बराह पोखरी खोटाङ जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराह पोखरी गाउँपालिकामा अवस्थित छ । धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बराह पोखरीको ३३० मिटर लम्बाई र २१० मिटर चौडाई रहेको छ । यो पोखरीले झण्डै पाँच किलोमिटर क्षेत्रफल ओगटेको छ । पोखरीमा र्बाहै मास टम्म पानी हुनु पोखरीको बिषेशता हो । पोखरीको पानी एक किलोमिटर तल रहेको सुरुङबाट निकास हुने गरेको छ ।

धार्मिक महत्व

बराह पोखरीमा हरेक वर्षको हरिबोधनी एकादशीको अवसरमा दुई दिनसम्म ठूलो मेला लाग्ने गर्छ । उक्त पोखरीमा रामनवमी, शिवरात्री, बालाचतुर्दशी र माघे सङ्क्रान्तिका दिन सतबीज छर्ने प्रचलन छ । विशेषगरी धामी झाँक्री तथा युवायुवतीहरूको ओइरो लाग्छ । बराह पोखरीमा बराहमाई र शङ्खेश्वरको पूजा आराधना गरे चिताएको पूरा हुने र पोखरीमा नुहाए मोक्ष पाउने विश्वास गरिन्छ । जीवनमा सधैँ शान्ति कायम होस् भन्दै यहाँ परेवा उडाउने पनि गरिन्छ ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

उदयपुर जिल्लाको रौताहा पोखरी र खोटाङको बराह पोखरी दिदिबहिनी भएको किम्बदन्ती रहेको छ । किम्बदन्तीका अनुसार शुरुवातमा बराहपोखरीमा भ्यागुता र रौताहामा रातोमाछा रहेको बेला दिदिबहिनीको झगडा भएको र झगडामा बराहापोखरीले भ्यागुता पठाएको र रौताहाले रातोमाछाले हिर्काएको भनाई रहेको छ ।

शान्ति, समृद्धि र मनोकांक्षा पूरा होस् भनेर जोडी परेवा उडाउने चलन छ । युवा–युवतीले एक–आपसको प्रेस र मनोकांक्षा पूरा होस् भनेर जोडी परेवा उडाउँने गर्दछन् । मुक्त आकाशमा उडेको परेवाझैँ शान्तिपूर्वक जिउन सकिने विश्वासमा युवा–युवतीले परेवा उडाउने गरेका छन् । यो तालमा नुहाए रोग पखालीका साथै पाप पखालिने विश्वास गरिन्छ ।

प्राकृतिक सौन्दर्य

यसलाई सौन्दर्यकी खानीभन्दा फरक पर्दैन । संसारमै नौलो प्रजातिको रातो माछा बराहपोखरीमा पाइन्छ । यो तालमा रातो माछा पाइन्छ । यो पनि आकर्षणको एउटा विन्दु बनेको छ । तालमा ढुङ्गा शयर गर्न पाइने भएकाले युवायुवतीको रोजाइको विन्दु बनेको छ । युवा–युवातीको जोडीले जिन्दगीका बारेमा परिकल्पना गर्दै डुङ्गा शयर गरे चिताएको पूरा हुने भनाइ छ ।

पर्यटन प्रर्वद्धन

सरकारले देशका एक सय गन्तव्यमध्ये बराहा ताललाई पनि सूचीमा पारेकाले थप गन्तव्यको केन्द्रविन्दु बनेको छ । जिल्लाको दक्षिणी क्षेत्र बराह पोखरी गाउँपालिकाको धार्मिक तथा पर्यटकीय बराह तालमा पर्यटकीय चहलपहल बढ्न थालेको छ ।

पर्यटकिय सम्भावना

यहाँ वर्षमा एकपल्ट हरिबोधनी एकादशीका दिनदेखि दुई दिन मेला लाग्ने गरेको छ । त्यतिबेला बराह ताल र मेला भर्न आउने पर्यटकको घुइचो लाग्छ । यस पोखरीलाई पर्यटनको गन्तव्य स्थल तोकिएकोले अव यस वरिपरिका बासिन्दाहरुलाई आर्थिक रूपमा निकै फाइदा हुने देखिन्छ ।

सरकारले देशका एक सय गन्तव्यमध्ये बराहा ताललाई पनि सूचीमा पारेकाले थप गन्तव्यको केन्द्रविन्दु बनेको छ । जिल्लाको दक्षिणी क्षेत्र बराह पोखरी गाउँपालिकाको धार्मिक तथा पर्यटकीय बराह तालमा पर्यटकीय चहलपहल बढ्न थालेको छ ।

समस्याहरु

तालमा पाइने संसारकै दुर्लभ रातोे माछा पनि चोरी सिकारी तथा जलचरले नष्ट पार्न थालेपछि तालको अस्तित्व लोप हुन थालेको छ । यसको संरक्षणप्रति सम्बन्धित निकायको ध्यान गएको छैन । पहाडको मुनि फाँटमा रहेको सो ताल पहिरोले पुरेर यसको रूप बिग्रिएको छ । धार्मिक एवं पर्यटकीय महत्व बोकेको प्राकृतिक पोखरी भएपनि उचित वासस्थान, खानेपानी र शौचालयको अभाव छ ।

कसरी पुग्ने ?

बराहपोखरी जिल्ला सदरमुकाम दिक्तेलबाट १६ कोष दक्षिणमा पर्छ ।

यो पनि पढ्नुहोस्

सोलुखुम्बुको लुकेको हिरा पिके डाँडा

सोलुखुम्बुको सुन्दर पर्यटकीय गन्तव्य पत्ताले

सोलुखुम्बुको सुन्दर पर्यटकीय गन्तब्य पाँच पोखरी

उदयपुरको ऐतिहासिक पर्यटकीय गन्तब्य उदयपुरगढी

देउताहरूले सभा गर्ने संखुवासभाको धार्मिक तथा पर्यटकीय स्थल सभापोखरी

१ दर्जन भन्दा बढी हिमालहरू देखिने भोजपुरको सुन्दर पर्यटकीय गन्तव्य ट्याम्के डाँडा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !