७ बैशाख २०८१, शुक्रबार

सोलुखुम्बुको सुन्दर पर्यटकीय गन्तव्य पत्ताले


पत्ताले डाँडा

पृष्ठभूमि : पत्ताले हिमालका मनोरम दृश्य अवलोकनका लागि नयाँ गन्तव्य हो । पहाडका सुन्दर घुम्ती, अनि हिमशृंखला, ओर्गेनिक खानपान जस्ता विशेषताले भरिपूर्ण सोलुखुम्बुको पत्ताले पर्यकटीय आकर्षणको नयाँ केन्द्र बन्न थालेको छ ।

परिचय

सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका-८ मा पर्ने पत्ताले डाँडा समुन्द्री सतहबाट करिब ३१०० फिटको उचाइमा रहेको छ । यो आफैँमा सुन्दर गाउँ हो । पत्तालेमा हिमाल हेर्ने उपयुक्त गन्तव्य भएकोले पनि आन्तरिक पर्यकटको आवतजावत बढ्न थालेको छ ।

प्राकृतिक सौन्दर्य

नजिकै देखिने सगरमाथा, गौरीशंकर हिमशृंखलाले जोकोहीलाई पनि मोहित पार्छन् । पत्ताले आधार शिविर वा नजिकसम्म पुग्न नसक्ने, तर सगरमाथा हेर्न चाहनेका लागि उपयुक्त गन्तव्य हो । यहाँको डाँडाबाट मेरापिक, चोयू, ल्होत्से हिमाल निकै आकर्षक देखिन्छन् ।

पर्यटकिय सम्भावना

प्रचुर सम्भावना भएको पतालेलाई पर्यटनमैत्री कसरी बनाउन सकिन्छ भनेर स्थानीय र सरोकारवालाले ध्यान दिन जरुरी देखिन्छ ।

समस्याहरु

पत्तालेमा पर्यटनको कुनै पूर्वाधार छैन । हिमाली शृंखलाहरु पहिचान गर्ने खास माध्यम छैन ।

कसरी पुग्ने ?

राजधानीको कोटेश्वरबाट ८ घण्टाको मोटर यात्रामा आरामसँग पत्ताले पुग्न सकिन्छ । यहाँबाट १ घण्टाको यात्रामा सोलुखुम्बुको सदरमुकाम सल्लेरी पुगिन्छ । पत्ताले पुग्नलाई २ दिनको छोटो यात्रामै पनि पत्ताले पुगेर काठमाडौं फर्किन सकिन्छ । काठमाडौंबाट ओखढुंगा, सोलु, दिक्तेल हुँदै राजमार्गबाट पताले पुग्ने राजमार्ग छ । यो भक्तपुर, काभ्रे, सिन्धुली, उदयपुर, ओखलढुंगा हुँदै जान्छ । भकुण्डेबेँसी, नेपालथोक, घुर्मी, हर्कपुरमा रमाइलो गर्दै जान सकिन्छ ।

यो पनि पढ्नुहोस्

सोलुखुम्बुको लुकेको हिरा पिके डाँडा

सोलुखुम्बुको सुन्दर पर्यटकीय गन्तब्य पाँच पोखरी

उदयपुरको ऐतिहासिक पर्यटकीय गन्तब्य उदयपुरगढी

देउताहरूले सभा गर्ने संखुवासभाको धार्मिक तथा पर्यटकीय स्थल सभापोखरी

१ दर्जन भन्दा बढी हिमालहरू देखिने भोजपुरको सुन्दर पर्यटकीय गन्तव्य ट्याम्के डाँडा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !