७ बैशाख २०८१, शुक्रबार

घुम्न जाने होइन मोरङको प्राचीन तथा ऐतिहासिक पर्यटकीय स्थल विराट राजाको दरवार


विराट राजाको दरवार

पृष्ठभूमि : महाभारतकालीन राजा विराटको नामबाट विराटनगरको नामाकरण भएको हो । बिराट राजाको राजधानीको भग्नावशेष विराटनगर दक्षिणको भेडियारी गाउँमा फेला परेको थियो । कौरवहरूले लुटेका विराट राजाका गाई पाण्डवहरूले फिर्ता ल्याएको किम्वदन्ती अनुसार पहिला यो ठाउँलाई गोग्राहा भनिन्थ्यो । पाण्डवहरूले विराट राजाकै दरबारमा गुप्तबासको एक वर्ष बिताएको विश्वास गरिन्छ ।

परिचय

विराट दरवार मोरङ जिल्ला विराटनगर महानगरपालिकामा पर्दछ । भेडियारीमा वि.सं. २०२७ सालमा नेपाल पुरातत्व विभागले उत्खनन् गर्दा ४० वटा पंचमार्क नामक चाँदीका मुद्रा भेटिएको तथ्य सार्वजनिक भएको थियो । तसर्थ उक्त ढिस्कालाई ईशापूर्व कालको अवशेष मानिएको छ । विराट राजाको दरबार क्षेत्रको मन्दिरको उत्खनन् गरिएको भग्नावशेष क्षेत्र आसपासमा आधा दर्जनभन्दा बढी पोखरीहरू पनि छन्, जसलाई स्थानीय वासीहरूले उक्त समयमा विभिन्न प्रयोजनका लागि बनाईएको बताउँदै आएका छन् । त्यहाँका पोखरीहरूलाई धरवा, किचकबध, भंसिया, थरथोवा, गुहिया, दिघरी र बहरवा पोखरी नाम दिएका छन् । स्थानीय मानिसहरूले महाभारतका कथा कण्ठस्थ पारेका छन् र त्यहाँ जाने जो कोहीलाई पनि उनीहरू त्यहाँका प्रत्येक स्थानलाई यहाँ फलानोले यसो गरेका थिए भनी बताउने गर्दछन ।

हाल उक्त क्षेत्रलाई विभिन्न निकायको सहकार्य र सहयोगमा संरक्षण गर्नका लागि घेरावारा लगाएर राखिएको छ । झट्ट हेर्दा अहिले उक्त क्षेत्रमा माटाको ढिस्को र केहि रुखहरु देखिएपनि वि.सं. २०२७ सालमा पुरातत्व विभागले उत्खनन गर्दा ढिस्को मुनी ईसापूर्व २ सय वर्ष पुरानो विराट राजाको दरवार र अण्डाकारको मन्दिर फेला पारेको र यसको पुष्टि समेत भएको थियो । तत्कालिन समयमा उत्खनन गर्दा प्रचीन धातुहरु, माटाका प्राचीन मुद्राहरु, प्राचीन भाँडाकुँडाहरु तथा प्राचीन हात हतियारहरु समेत फेला पारिएको थियो । उक्त क्षेत्रमा फेला परेका प्राचीन बहुमुल्य शिक्काहरु, प्राचीन भाँडाकुडाहरु, महाभारत कालका विभिन्न बस्तु तथा सामग्रीहरु आफ्नै निवासमा संकलन गरेर संग्राहालयका रुपमा राखिएका छन् ।

इतिहास

विराट राजाको दरवार भेडियारीमा वि.सं. २०२७ सालमा नेपाल पुरातत्व विभागले उत्खनन् गर्दा ४० वटा पंचमार्क नामक चाँदीका मुद्रा भेटिएको तथ्य सार्वजनिक भएको थियो । तसर्थ उक्त ढिस्कालाई इशापूर्व कालको अवशेष मानिएको छ । विराट राजाको दरबार क्षेत्रको मन्दिरको उत्खनन् गरिएको भग्नावशेष क्षेत्र प्राचीन कालको महाभारत इतिहासमा उल्लेख बिराट राजाको दरवार भएको मानिन्छ ।

विराटनगरबाट करीब १० किलोमिटर दक्षिण सिमावर्ती साविक बुधनगर गाविसस्थित भेडियारीमा पर्ने महाभारत कालिन विराटराजाको दरबारले प्राचीन इतिहास बोकेको छ । त्यस्तै महाभारतकालमा सो क्षेत्रमा विराट राजाको राज्य रहेकाले विराट राजाका तबेला तथा गोठको गोबर राख्ने ठाउँ हालको विराटनगर रहेकाले यसको नाम गोग्राह हुँदै पछी विराटनगर भएको विभिन्न शोधकर्ता तथा इतिहासकारले प्रकाशित गरेको पुस्तकमा उल्लेख छ ।

पर्यटकीय महत्व

प्राचीन विराट राजाको दरवार क्षेत्र अवलोकनका लागि देशभरबाट तथा छिमेकी देश भारत एवम् तेस्रो मुलुकबाट पर्यटकहरु अध्ययन, अनुसन्धान र अवलोकन भ्रमणका लागि आउने गरेका छन् । भ्रमणमा आउने पर्यटकहरु प्राचीन विराट राजा दरवार क्षेत्रमा पुगेर अवलोकन गर्न पाउँदा खुशी लागेको बताउँछन् । उनीहरुले विराट राजा दरवार क्षेत्रमा विभिन्न प्राचित वस्तुहरु देख्न पाइने मात्र नभई ऐतिहासिक महत्वका विषय नजिकैबाट नियाल्न र अनुभव गर्न सक्छन् । विराट राजाको दरवार क्षेत्र अवलोकन, भ्रमण, अध्यन अनुसन्धान तथा शोधपत्र लेख्नका लागि इंग्ल्याण्ड, अमेरीका, भारत लगायत धेरै मुलुकहरुबाट पर्यटकहरु आउने गरेको छन् ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

विराट राजाको दरवार सम्बन्धी जनविश्वास अनुसार महाभारत कालमा त्यस क्षेत्रमा पाण्डवहरू गुप्तवासका लागि आएका थिए । प्रचलित किंवदन्ती अनुसार विराट राजाको दरवार रहेको यस क्षेत्रमा पाण्डवहरूको गतिविधि चियो गर्न दुर्योधनले भेदियारी (गुप्तचर) पठाएका थिए । जस आधारमा यसको नाम भेडियारी भएको हो भन्ने जनवश्विास छ ।

पर्यटन प्रर्वद्धन

पूर्वकै ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल प्राचीन विराट राजाको दरवार क्षेत्रमा पर्यटकको आकर्षण बढ्दैछ । प्राचीन विराट राजाको दरवार अवलोकन भ्रमण, तथा अध्ययन अनुसन्धान गर्ने आन्तरीक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको देखिन्छ ।

पर्यटकिय सम्भावना

विराट राजाको दरवार क्षेत्रमा पर्याप्त ऐतिहासिक तथा पूरातात्विक वस्तुहरु रहेकाले सो क्षेत्रको विकासका लागि पूरातत्व विभागले उत्खनन गर्नुपर्ने र आन्तरिक तथा वाह्य पर्यटक भित्रयाउन पर्यटकको सुविधाका लागि उक्त क्षेत्रमा प्रयाप्त होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्ने खान र बस्नको सुविधाका लागि होटल, लज तथा धर्मशाला निर्माण गर्ने, तथा यातायात सुविधाका लागि सुविधा सम्पन्न सडक बनाउने हो भने राज्यले सो क्षेत्रबाट प्रयाप्त आर्थिक लाभ लिन सक्ने देखिन्छ । उक्त क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सरकारले पूर्वाधार निर्माण गर्ने र सो क्षेत्रको विकासका लागि उचित पहल गर्नुपर्ने देखिन्छ ।

कसरी पुग्ने ?

विराटनगरबाट करीब १० किलो मिटर दक्षिण सिमावर्ती साविक बुधनगर गाविसस्थित भेडियारीमा पर्ने महाभारतकालिन विराटराजाको दरबारले प्राचीन इतिहास बोकेको छ ।

घुमघाम गरौ आन्तरिक पर्यटन प्रवर्द्धन गरौ ! नेपाल भ्रमण बर्ष २०२० सफल पारौ !

यो पनि पढ्नुहोस् 

जाने होइन ताप्लेजुङको सुन्दर तिम्बुङ पोखरी

घुम्न जाने होइन झापाको धार्मिक तथा पर्यटकीय गन्तव्य अर्जुनधारा

मनै लोभ्याउने ताप्लेजुङको आकर्षक पर्यटकीय गन्तव्य फुङफुङे झरना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !