२ मंसिर २०८१, आइतबार

दुर्घटनागस्त हेलिकप्टरकी पाइलट अधिकारीलाई काठमाडौँ ल्याइयो


प्रिया अधिकारी तस्वीर : प्रिया अधिकारीको ट्वीटरबाट

काठमाडौँ । धौलागिरी हिमालको बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएपनि हेलिकप्टरमा सवार जीवितै फेला परेकी पाइलट प्रिया अधिकारीलाई काठमाडौँ ल्याइएको छ ।

काठमाडौँ ल्याइसकेपछि पाइलट अधिकारीको ललितपुरको मेडिसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गरिंदै छ । उनको स्वास्थ्य अवस्था खतरामुक्त भएकोले सामान्य रहेको छ ।

आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको हेली एभरेस्टको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । धौलागिरी आधार शिविरमा अवतरण गर्ने क्रममा फोर्स्ड ल्यान्डिङको क्रममा हेली एभरेष्टको ९ एन–एएनबी (एएस–३५०) हेलिकप्टर दुर्घटना भएको थियो ।

नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरमा एक मात्र पाइलट भएकोमा उनी सकुशल रहेको जानकारी दिएको थियो । धौलागिरी आरोहणमा गएकाहरुको उद्धार गर्न जाने क्रममा सो दुर्घटना भएको थियो ।

इटालियन बेसक्याम्पबाट धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकप्टर बिहान ११ बजेर १ मिनेट जाँदा सम्पर्कविहीन भएको थियो । हेलिकप्टरको खोजीमा उडेको एयर डाइनेस्टीको विमानले उक्त हेलिकप्टरलाई धौलागिरि बेसक्याम्पमा पल्टिरहेको अवस्थामा फेला परेको थियो ।

हेलिकोप्टर ‘फोर्स ल्यान्ड’ (आकस्मिक अवतरण) गर्दा सन्तुलन नमिलेर दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणले बताएको छ । हेली एभरेस्टको कम्पनीले चार्टर्ड, कार्गो, ह्युमन स्लिङ, उद्धार, बिरामी बोक्नेलगायत काममा हेलिकोप्टर प्रयोग गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

धौलागिरी बेसक्याम्पमा हेलिकप्टर दुर्घटना, पाइलट जीवितै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !