२१ बैशाख २०८१, शुक्रबार

विमान दुर्घटनाको शोकमा यती एयरलाइन्सको आज देशभरको उडान रद्द


यती एयरलाइन्स

काठमाडौँ । पोखरा विमान दुर्घटनाको शोकमा यती एयरलाइन्सले आज सोमबारका लागि तय भएका सम्पूर्ण उडान स्थगित गरेको छ ।

विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा सोमबार कम्पनीका तर्फबाट देशभरको उडान रद्द गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

कूल ६८ यात्रु र चार चालक दलका सदस्य रहेको यती एयरलाइन्सको ९एन–एएनसी एटिआर–७२ जहाज आज बिहान पोखरामा अवतरण गर्ने क्रममा सेती नदी किनारमा दुर्घटनामा परेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !