४ जेष्ठ २०८१, शुक्रबार

तारागाउँ विकास समितिको सदस्य सचिवमा लुइँटेल नियुक्त


सदस्य सचिव

काठमाडौँ । नेपाल सरकारले तारागाउँ विकास समितिको सदस्य सचिवमा नारद लुइँटेललाई नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले रिक्त रहेको तारागाउँ विकास समितिको सदस्य सचिवमा आज लुइँटेललाई नियुक्त गरेका हुन् ।

मन्त्रिस्तरीय निर्णयबाट उहाँलाई ४ वर्षका लागि नियुक्त गरिएको बताइएको छ । आज नियुक्त भएका लुइँटेल यसअघि पनि एक कार्यकाल सदस्य सचिव भइसकेका छन् ।

लुइँटेललाई सदस्य सचिवमा नियुक्त गरिएपछि हायत रिजेन्सी होटलले गैरकानूनी रूपमा अतिक्रमण गरेको जग्गा फिर्ता ल्याउन सहज हुने विश्वास गरिएको छ ।

लुइँटेलले यसअघिको आफ्नो कार्यकालमा हायत रिजेन्सी होटलले अतिक्रमण गरेको १५० रोपनी सरकारी जग्गाको विवरण सार्वजनिक गरी कारवाही प्रक्रिया अघि बढाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !