७ बैशाख २०८१, शुक्रबार

राजनीतिलाई पेशा ठान्नु गलत हो


डा. राम बहादुर बोहरा

जनता भन्दा सायद मलाई नेता र नेतृत्व ठूलो होइन जस्तो लाग्छ । जनताले चाहेमा आधिबेहरी ल्याउन सक्छन् । लोकतन्त्रका केहि व्यक्तिहरुले राजसंस्था मसान घाटमा पुराइसकेपछि फर्केर कहाँ आउन सक्छ भन्नु गलत हो । हिजो राजसंस्था फाल्ने जनता नभई नेतृत्व नै हुन यो कुरा बुझ्न जरूरी छ । अहिले परिवर्तन भनेको जनताको नभइ केहि नेताको देखिन्छ ।

यदि जनताले यो लोकतन्त्र ल्याइदिएको भए सायद अहिले ‘राजा आउ देश बचाउ’ भन्ने थिएनन् । यदि जनताले लोकतन्त्र ल्याएको भए देशमा परिवर्तन आउने थियो जनताका छोराछोरी बेरोजगार रहने थिएनन् । आज सवै उल्टो परिपाटी मा देश चल्नु आफैमा गलत हो । हरेक मान्छे समझदार भइसकेका छन् । नेतृत्वले गरेका हरेक गल्ती जनताको नजर देखि ओझल हुन सकेको छैन् ।

जनता भनेका जनार्दन हुन जनताको भावनालाई कुल्चनाले नै आज फेरि परिवर्तन खोज्दैछन् । म भन्ने घमण्ड कसैले नगर्दा हुन्छ । आज घमण्ड गर्नाले नै देश ओरालो लाग्दै गयो । जनताको भावनालाई कुल्चदै गर्दा देश खाडलतर्फ जादै गयो । हरेक नेतृत्वले आफ्नो खुट्टामा उभिने गरेको आधार के ६ भन्ने तर्फ सवैभन्दा पहिले बुझ्न आवश्यक छ ।

एकपटक एक जना राष्ट्रपति भारत भ्रमणमा आउदा भारतीय नेताहरूको मिटिंगमा केहि प्रश्न गरेछन् तपाइहरूको पेशा केहो भनेर सोधेछन् उनिहरूले हाम्रो पेसा त राजनीति हो भनेछन् तर यो प्रश्नले चित्त नबुझेको हुनाले म राष्ट्रपति भएपनि मेरो पेसा खेति किसान हो म बिहान बेलुका खेतीपातीमा ध्यान दिने गर्दछु । तर तपाइहरू राजनीतिलाई पेसाको रूपमा लिनुभएको छ भनेर सोधेको प्रश्नको जवाफ कसैले दिन सकेनन् ।

ठिक यही अवस्था आज नेपालमा देखिएको छ । राजनीतिलाई पेशाको रूपमा हेर्दै गर्दा देश क्रमस तल खस्कदै गएको छ । हामीले पेसाको रूपमा राजनीतिलाई बनायका छौं यही नै गलत हो । राजनीतिलाई पेशा होइन सेवाको रूपमा हेर्ने गर्दा मात्र देशको स्तरोन्नति सम्भव छ । राजनीति कसैको पनि मूल पेशा हुन सक्दैन । आजीविकाको लागि व्यक्तिले केहि केहि काम गर्नै पर्छ ।

मान्छे किसान, मजदुर, ब्यापारी, कर्मचारी, शिक्षक, डाक्टर, इन्जिनियर वा अरु केहि हुन सक्छ तर उसको पेसा राजनीति हुनुहुदैन किनभने राजनीति व्यक्तिको भरणपोषण गर्ने पूर्णकालीन पेसा त होईन । कसैले राजनीति गर्न चाहन्छ भने आफ्नो ब्यबसायिक काम बाट केहि सयम छुट्टाएर राजनीति गरे उत्तम हुनेथियो ।

सेवानिवृत हुनासाथ जसले जुन पेशा लिएको छ उसले त्यो पेसामै फर्केर काम गर्दा पेसाको इज्वत बढ्ने थियो । राजनीतिमा लागेको डाक्टरले राजनीति होइन आफ्नो पेसामा ध्यान दिनु राम्रो हो । इन्जिनियर ले इन्जिनियर पेशामा लाग्नु किसानले किसान पेसामा लाग्ने र खाली समयलाई सदुपयोगको रूपमा राजनीति गर्नु राम्रो हो ।

नेपालका डाक्टर वकिल, इन्जिनियर, किसान आफ्नो पेसा नै त्यागेर राजनीतिमा लागेको अबकाशपछि पनि राज्यबाटै भत्ता लिने गरेको पेसामा लाग्नुको सट्टा राजनीति मै भरपर्ने गरेको पाइयो । यस्तो कामले आफैमा शोभनीय नभएको देखियो । यसले देश कमजोर हुन थाल्ने निश्चित छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !