७ मंसिर २०८१, शुक्रबार

नवीन्द्रराज जोशीको गम्भीर स्वास्थ्य समस्या, वीर अस्पताल र स्वास्थ्य मन्त्रीज्यूसँग जिज्ञासा ?


केशव प्रसाद भट्टराई

नवीन्द्रराज जोशीको गम्भीर स्वास्थ समस्या, वीर अस्पताल अनि मै हूँ भन्ने पूर्व र वर्तमान प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीज्यूहरूसँग जिज्ञासा ?

१. नेपाली कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको गम्भीर स्वास्थ समस्या आफैँमा एउटा चिन्ताको विषय थियो ।

अर्को दु:खको विषय देशको सवैभन्दा ठूलो र जेठो अस्पताल, त्यसमाथि उच्चतम विशेषज्ञ डाक्टरहरू उत्पादनगर्ने मात्रै नभएर आफैँले चिकित्सा विज्ञानमा मास्टर तह र पीएचडी बराबरको डिग्री समेत प्रदान गर्ने कानुनी अख्तियारी समेत पाएको प्रतिष्ठान सम्वद्ध अस्पताल,
विगतमा राजा र रानीहरूले समेत जस्तोसुकै स्वास्थ्य समस्यामा पनि उपचार गराउने गरेको अस्पताल,
त्यस्तो अस्पतालमा काङ्ग्रेस नेता जोशी आफ्नो स्वास्थ्य समस्या लिएर जानुभयो, तर त्यहाँबाट उहाँलाई नर्भिक अस्पताल लैजानु पर्ने अवस्था आयो ।
वीर अस्पतालमा नहुने, गर्न नसकिने उपचार नर्भिकमा हुँदो रहेछ हो ?
वा अन्य कुनै कारणले वीर अस्पताल भन्दा नर्भिक प्राथमिकतामा पर्दो रहेछ !

२. चिकित्सा विज्ञानमा उच्चतम उपाधि प्रदानगर्ने सँस्था द्वारा संचालित अस्पतालमा नभएको जन शक्ति, सुविधा र क्षमता नर्भिकसँग भएको हो ?

अर्को शव्दमा ‘विश्वविद्यालय अस्पताल’
मुलुकको विश्व विद्यालय अस्पतालमा कुनै गम्भीर समस्याका विरामीको उपचार नहुने तर अर्को निजी अस्पतालमा हुने !
अनि त्यस्तै अख्तियारी पाएको धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालबाट धेरै विरामी महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइने गरेको सुनिन्छ – पढिन्छ ।
मुलुकका अन्य शिक्षण अस्पतालहरूमा विरामीको उपचार हुन सक्ने अवस्था रहेमा ती विरामीहरू पनि नर्भिक, मेडिसिटी वा अन्य निजी अस्पतालमा जान्छन् ।
शिक्षण अस्पताल भने पछि त्यहाँ उपचार नहुने कुनै रोगको अनुमान पनि गर्न सकिन्न ।
कुनै रोगको उपचार गर्न नसक्ने शिक्षण अस्पतालले कसरी विभिन्न विधाका दक्ष विज्ञहरू उत्पादन गर्ने ? पैसा लिने अनि सर्टिफिकेट मात्रै छापेर वितरण गर्ने ?
वीर अस्पतालमा शौचालय कहाँ छ कसैलाई सोध्न पर्दैन,१०-२० हात वर बाटै आउने दुर्गन्धबाट कहाँ छ शौचालय थाहा हुन्छ,
भवन बाहिरको त कुरै छोडौं भित्र चिकित्सक हरूको कक्ष नजिकको इमर्जेन्सी परेर विरामी लिएर जानोस जसोतसो विरामीलाई भित्र लागिहाले पनि विरामी लिएर जाने व्यक्तिलाई बस्ने स्थान हुन्न ।
शौचालयको अवस्था त्रि वि शिक्षण अस्पतालमा केही राम्रो छ तर त्यहाँ पनि सन्तोषजनक छैन ।

३. निजी अस्पताल साँच्चैका अस्पताल जस्ता ।

लौ निजी क्षेत्रको व्यवस्थापन स्वायत्तताका कारण केही सजिलो होला तर शौचालय , विरामी लिएर जाने मानिस बस्ने ठाउँ , अँध्यारा कोठाहरू , रोग निको पार्न जानेहरू कतै एउटा रोगको उपचारगर्न जाँदा अर्को रोग पो बोकेर फर्कनु पर्ने हो कि कि सरकारी अस्पतालबाट ?
अस्पतालको परिचय विरामी राख्ने कोठा, शौचालय, सफाई आदि अस्पतालको पहिलो परिचय त्यसपछि डाक्टर र नर्सहरूको सेवा भाव र पेशागत दक्षता र क्षमताले दिन्छ !
मुलुकमा जम्मा जम्मी करीव दुई हजार सरकारी डाक्टरहरू, नर्सहरूको सङ्ख्या थाहा छैन ,
मुलुक भरी सय वटा जति सरकारी अस्पताल होलान अस्पताल !
केही हजार स्वास्थ्य कर्मी र लेखा, प्रशासन र अन्य कर्मचारीहरू,
त्यतिको व्यवस्थापन गर्न कुनै मुस्किल को काम जस्तो त लाग्दैन ।

४. एउटा जिल्लाका दुई तीन सय सरकारी विद्यालय र तीन, चार पाँच हजार शिक्षकहरूलाई केही अघि सम्म जिल्ला शिक्षा अधिकारीहरूले नियन्त्रण , रेखदेख र अनुगमन गर्ने गर्दथे ।

यौटै विद्यालयको प्राधानाध्यापकले हरेक दिन दुई तीन, चार पाँचहजार विद्यार्थीहरूलाई सिकाई प्रक्रियामा संलग्न गराइरहेको हुन्छ ।
त्यत्रो स्वास्थ्य मन्त्रालय त्यसका विभिन्न शाखा प्रशाखाहरू कागज दौडाएर……मात्रै ?
के गर्नु हुन्छ मन्त्रीजीहरू ?
के गर्नु भयो मन्त्रीजीहरू ?
के गर्नु भयो प्रधानमन्त्रीजीहरू ?

*केशव प्रसाद भट्टराई लेखक तथा राजनीतिक विश्लेषक हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !