१२ बैशाख २०८१, बुधबार

परिवर्तन हो समयको माग


डा. राम बहादुर बोहरा

नेपालमा राजसंस्था पुनस्थापना गर्नुपर्छ भनेर ठुला-ठुला जुलुस र प्रदर्शन हुनुले राजसंस्थाप्रति जनताको सकारात्मक भावना बढ्दै गएको देखिएको छ । राजनीतिक दलमा दुरदर्शीता भई दिएको भए पहिले सवैको जोड बिकासमा जानुपर्ने र जनताको भावनाको कदर हुने थियो ।

एकपटक फालेका राजा फेरि आउन सक्दैनन् भन्ने हिनभावनाले गर्दा हामीले जे गर्दा पनि हुन्छ भन्ने भयो यो नै गलत हो । यहाँ जनता नै सर्बोपरी छन् ।

जनतालाई विकास र बेरोजगारको अन्त चाहिएको हो, थियो जनताले परिवर्तन हेर्न चाहेका थिए तर सोचे जस्तो नदेखेपछि पुन: सडक तताउन थाले अब लोकतन्त्र कमजोर कुर्सी र राजनीतिक स्वार्थका कारण कमजोर बन्दै गयो यो दुर्भाग्य नै हो ।

खान पाए भनेर बढी लड्डु खाँदा फुड पोइजन पनि हुन सक्छ भन्ने बुझ्न नसक्दा गार्हो भयो । १७ हजारको बलिदानले प्राप्त लोकतन्त्र धरापमा पर्ने संकेत देखिन थाल्यो ।

देशमा भएका उद्योग संचालनमा ल्याएर युवालाई रोजगारमा लगाउन सकेको भए यो स्थिति देशमा आउने थिएन । हरेक व्यक्ति स्वार्थमा डुब्ने परिपाटी नै गलत हो जनतालाई कमजोर ठान्नु पनि गलत हो । जनताले विकासको परिकल्पना गरेका थिए सोचे जस्तो नहुनु दुर्भाग्य देखिएको छ । समय साक्षेप हामी चल्न नसक्नु दुर्भाग्य हो भन्दा खासै फरक छैन ।

नेपालमा विकासको प्रशस्त सम्भावना हुँदाहुँदै विकासमा जोड दिन नसक्नु विदेशी सहयोगमा बनेका उद्योग चलाउन नसक्नु, जडिबुटी प्रशोधन गरेर विदेशमा पठाउन सके थुप्रै डलर भित्रन सक्ने सम्भावना भएको देशमा यता ध्यान दिन नसक्नु दुर्भाग्य भन्दा के हुन सक्छ ।

लोकतन्त्रलाई गलत तरिकाले प्रयोग गर्दा देशको विकास ओरालो लाग्दा जनताको सोच परिवर्तन हुनु स्वभाविक थियो खाली समय सैतानको घर भन्ने कुरा नबुझ्ने हाम्रो देशमा परिवर्तन कसरी सम्भव हुन सक्छ यसतर्फ सवैले ध्यान दिनेकी ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !