सबै मिलेर मात्र कोभिड अन्त्य गर्न सकिन्छ : मुख्यमन्त्री गुरुङ
लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै मिलेर मात्र अहिलेको कोरोना महामारीको अन्त्य गर्न सकिने बताउनुभएको छ । मुख्यमन्त्री गुरुङले आज लमजुङ जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको मुख्यमन्त्री कार्यालयबाटै भर्चुअल माध्यमबाट उद्घाटन गर्नुहुँदै यस महामारीको अन्त्य गर्न तीनै