टिस्टुङ । मकवानपुरको थाहा नगरपालिकामा गोरखा भूकम्पयता पाँच वर्षको अवधिमा निजी आवास पुनःनिर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ । पुनःनिर्माण प्राधिकरणका इञ्जिनीयर परवेज खानका अनुसार नगरपालिकामा सम्झौता गरेका लाभग्राहीमध्ये पाँच हजार १०९ परिवारले तेस्रो किस्तााबापतको अनुदान रकम बुझिसकेका छन्