२७ वैशाख, क्वालालम्पुर । मलेसियाको संसदीय निर्वाचनमा यहाँका पूर्व प्रधानमन्त्री महाथिर मोहमदको विपक्षी गठबन्धनले सानदार जित हात पारेको समाचार छ । उहाँको चुनावी गठबन्धनले सन् १९५७ देखि निरन्तर रुपमा मलेसियामा सत्तामा रहेको एक राजनीतिक दललाई हराउँदै सानदार विजयी भएको हो ।