हिताचीले एबीबीको ठूलो हिस्सा शेयर खरिद गर्ने घोषणा
२ पुस, टोकियो । जापानको हिताचीले स्वीस–स्वेडिस इन्जिनियरिङ कम्पनी एबीबीको विद्युत प्रसारण व्यवसायको सबैभन्दा ठूलो हिस्सा खरिद गर्ने सोमबार घोषणा गरेको छ । हिताचीले एबीबीमा ६ अर्ब ४० करोड डलर लगानी गर्नेछ, र हिताचीको यो आजसम्मकै सबैभन्दा ठूलो खरिद हो