रघुगंगा आयोजना बन्ने सुरसारमा
२८ साउन, म्याग्दी । एक दशकसम्म प्रक्रियामै अल्झिएर बसेको बहुप्रतिक्षीत रघुगंगा जलविद्युत् आयोजना अघि बढाउने सुरसार भएको छ । पूर्व निर्धारित कार्यतालिकाअनुसार निर्माण सकिएर विद्युत् उत्पादन शुरु गरिसक्नुपर्ने यो आयोजनाको निर्माण कार्य अघि बढाउन सिभिल ठेकेदार परिचालन भएको हो ।