विपी राजमार्गमा रोकिएका यात्रुको उद्धार
काभ्रेपलाञ्चोक । वीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित लास्कोट र घुमाउनेको बीचमा रोकिएका यात्रुको राति उद्धार गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पाँच माइक्रोबसका ८९ यात्रुलाई गएराति नै सकुशल उद्धार गरी गन्तव्यतर्फ पठाएका हुन्