बाँकेमा कोरोनावाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १०० नाघ्यो
राँझा । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण १०० भन्दा बढीको ज्यान गएको छ । कोरोना सङ्क्रमित भई बाँकेका अस्पतालमा भर्ना भएका थप ६ जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृतक नेपालगञ्ज, कोहलपुर र बर्दिया बढैयाताल गाउँपालिका निवासी छन्