गरिबले निःशुल्क पाउने मिटरबक्समा असुलिएको पैसा फिर्ता दिन उजुरी
खोटाङ, ३२ साउन । गरिब घरपरिवारलाई निःशुल्क वितरण गर्नुपर्ने मिटरबक्समा विद्युत् विस्तार उपभोक्ता समितिले रकम असुलेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका उपभोक्ताले आफ्नो पैसा फिर्ता मागेका छन् । नेपाल विद्युत् प्राधिकरणको दिक्तेल वितरण केन्द्रबाट गरिब तथा विपन्न ११५ परिवारका