२९ फागुन, लन्डन । बेलायती तल्लो सदन हाउस अफ कमन्सले प्रधानमन्त्री थेरेसा मेद्वारा प्रस्तुत युरोपेली युनियनबाट बेलायत बाहिरिने (ब्रेक्जीट) सम्बन्धी नयाँ प्रस्ताव फेरि बहुमतले अस्वीकृत गरेको छ । प्रधानमन्त्री मेले गत जनवरीमा ल्याएको पहिलो प्रस्ताव भारी बहुमतले अस्वीकृत गरेको थियो