एकै दिनमा एक लाखको फोटो बिक्री
तनहुँ । आन्द्राको क्यान्सर भएर उपचाररत दमौलीका फोटोग्राफर विकास दरैको सहयोगार्थ गरिएको फोटो प्रदर्शनीका क्रममा शुक्रबार रु एक लाखको फोटो बिक्री भएको छ । व्यास नगरपालिका–४ निवासी फोटोग्राफर दरैले खिच्नुभएको धार्मिक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीयस्थललगायतका फोटो सदरमुकाम दमौलीस्थित अनसन चौतारीमा