पैँचो र सहयोगले चल्दैछ दैनिकी
जाजरकोट, १ वैशाख । भेरी नगरपालिका–१ कालेगाउँकी धनकुमारी कामीलाई दैनिक विहान बेलुकी कसरी छाक टार्ने भन्दै चिन्ताले सताइरहेको थियो । कामीको घरमा भएको अन्न सकिएपछि उहाँले छिमेकीसँग पैँचो मागेर गुजारा चलाइरहनुभएको थियो । आइतबार दिउँसो उहाँको घरमा ३० केजी चामलसहित