सरकारको नीति कार्यक्रम आजः संसद् भवन परिसर झकिझकाउ
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनको पूर्व तयारीस्वरुप सिंहदरबारमा पूर्वाभ्यास (रिहर्सल) गरिएको छ । यस क्रममा सङ्घीय संसद् भवन परिसरमा उपसभामुख रुवी कुमारी र सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले स्वागतको पूर्वाभ्यास गरे ।