काठमाडौं । प्रदेश २ को प्रदेशसभा बैठकले दुई तिहाई मतबाट स्थायी राजधानी जनकपुरधाम निर्धारण भएको छ । प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावका सम्बन्धमा प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी भएकोमा जनकपुरधाम राजधानी राख्ने पक्षमा ७८ मत परेको हो ।