कतारले निःशुल्क मेडिकल सुविधा दियो तर म्यानपावरले १३ करोड असुले
माघ ९, काठमाडौं । रोजगारीका लागि कतार जान गरिने स्वास्थ्य परीक्षण निशुल्क भएपनि म्यानपावर कम्पनीले युवाबाट प्रि–मेडिकलको नाममा १३ करोड भन्दा बढी असुलेको पाइएको छ । रोजगारीका लागि नेपाली युवा कतार पठाउँदै आएका म्यानपावर कम्पनीले कतार भिसा सेन्टर काठमाडौंमा निशुल्क