नेपालमा कोरानालाई जित्नेको संख्या पुग्यो १६, आज ४ जना घर फर्किए
वैशाख १४, वीरगञ्ज । नारायणी अस्पतालका ४ जना कोरोनामुक्त भएसंगै नेपालमा कोराना भाइरसलाई जित्नेको संख्या १६ पुगेको छ । वीरगञ्जस्थित उक्त अस्पतालमा उपचाररत यी ४ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित निको भएर अस्पतालवाट डिस्चार्ज भई आज घर फर्किएका छन् ।