प्रधानमन्त्री प्रचण्डको सट्टा उपप्रधानमन्त्री श्रेष्ठ दोहा जाने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सट्टामा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ दोहा जाने भएका छन् । यसअघि प्रधानमन्त्री प्रचण्ड दोहा जाने तय भएपनि राष्ट्रपति निर्वाचन र देशमा विकसित घटनाक्रमको कारण भ्रमण स्थगित गरिएको थियो ।