तामाकोशी जलविद्युत् आयोजनामा दुई लाख दोलखावासीको आवेदन
२९ भदौ, चरिकोट । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले जारी गरेको शेयरमा दुई लाख दोलखावासीले आवेदन दिएका छन् । दोलखाको लामाबगरमा निर्माण भइरहेको राष्ट्रिय गौरवको उक्त आयोजनाले दोलखावासीका लागि एक करोड ५ लाख ९० हजार कित्ता शयेर निष्कासन गरेको थियो ।