जमीन जोगाउन जनप्रतिनिधिलाई सकस
काभ्रेपलाञ्चोक, १३ फागुन । पनौती नगरपालिका प्रमुख भीमप्रसाद न्यौपाने सरकारी जमीन व्यक्तिबाट फिर्ता ल्याउन निकै मुस्किल भइरहेको बताउनुहुन्छ । व्यक्तिको नाममा दर्ता भएको पनौती शहरसँगै सिरानचौरको जमीन फिर्ता गर्न नसक्दा क्षेत्रीय रङ्गशाला निर्माण योजनाअनुसारको काममासमेत अवरोध पुगेको उहाँको दुखेसो छ