खुट्टीखोला सिँचाइ आयोजना−हेडवर्क्स बन्यो, खेतमा पुगेन पानी
सिरहा । सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस वर्ष समयमै धान रोपे तर रोपाइँ सकिएसँगै सुरु भएको सिँचाइको चिन्ता भने उस्तै छ।खेतनजिकै करोडौँ खर्चेर खुट्टीखोला सिँचाइ आयोजनाको संरचना बनेको छ, तर त्यसको हेडवर्क्सबाट पानी खेतसम्म पुग्न सकेको छैन।