चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुटेको बताएका छन्। केही नेताले छाडेर जाँदा त्यसले पार्टीलाई शुद्धीकरण गरेको प्रधानमन्त्री ओलीको भनाइ छ। ओलीले नेपालको कम्युनिस्ट आन्दोलनका सम्पूर्ण धार एकै ठाउँमा आएर मिसिएको पार्टी नै आफू नेतृत्वको नेकपा रहेको दाबी गरेका