कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक यही जेठ २१ गते बिहीबार बस्ने भएको छ । समितिका सचिव दिनेश थापामगरले विज्ञप्ति जारी गर्दै बिहीबारका लागि बैठक आह्वान गरिएको जानकारी दिएका हुन् । बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्नेछ