१४ असोज,काठमाडौं । नबिल फाउण्डेशन र तिलगंगा आँखा प्रतिष्ठानका बीचमा गत मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । आँखाको नानीमा समस्या भएको कारण दृष्टिविहीन भएर रहनु परेका तथा आर्थिक अभावले गर्दा उपचार समेत पाउनबाट बञ्चित दृष्टिविहीनहरुले उक्त समझदारीबाट लाभ लिन सक्नेछन् ।