१४ बैशाख २०८१, शुक्रबार

साइक्लिङको पुरुषतर्फका सबै पदक नेपालले जित्यो


१९ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङमा बुद्धिबहादुर तामाङले स्वर्ण पदक जितेका छन् । बिहीबार गोकर्णमा भएको पुरुष क्रस कन्ट्रीमा बुद्धिबहादुरले १ घन्टा १९ मिनेट ८ सेकेण्डमा निर्धारित दुरी पार गर्दै स्वर्ण पदक जितेका हुन् ।

नेपालकै राजिभ राईले १ मिनेट १९.४० सेकेण्डमा दुरी पारे गरेर रजत र १ मिनेट २१.०० सेकेण्डमा ओकेशराज बज्राचार्यले काश्य जिते ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !