१४ बैशाख २०८१, शुक्रबार

सन्दीप स्वदेश फर्कँदै


sandip lamichhane

२८ फागुन, काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर आज स्वदेश फर्कँदै छन् ।

राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप आज दिउँसो ३ः३५ बजे कतार एयरवेजबाट नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमण शिवाकोटीले जानकारी दिनुभयो ।

सन्दीपले उक्त प्रतियोगितामा सात खेल खेल्दै ११ विकेट लिएका थिए । सन्दीपको टोली लाहोरले प्रतियोगिताको १० खेलमा ६ अङ्क जोडेको थियो । उनकोे टोली प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !