१४ बैशाख २०८१, शुक्रबार

शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता


foodball

८ फागुन, काठमाडौं । खुमलटार युथ क्लबले पुल्चोक स्पोर्टस क्लबलाई पाखा लगाउँदै शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा आज भएको पहिलो खेलमा खुमलटार क्लबले पुल्चोक स्पोर्टस क्लब माथि ३–१ गोलअन्तरको सहज जित हासिल गरेको हो ।

खुमलटारको जितमा निरन श्रेष्ठ, आशिक परियार र सविन केसीले एक एक गोल गरे । खेलमा पहिलो अग्रता भने पुल्चोक स्पोर्टस क्लबले लियो ।

खेल सुरुआती सातौं मिनेटमा पुल्चोकका टीकाराज गुरुङले गोल गर्दै पहिलो अग्रता लिए । पुल्चोकको १–० को अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको पहिलो हाफको २८ औँ मिनेटमा खुमलटारका निरनले एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बारबरीमा ल्याए ।

खेलको दोस्रो हाफको ५४औँ मिनेटमा खुमलटारका खेलाडी आशिक परियारले एक गोल थपे । खुमलटारका अर्का खेलाडी सविनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा थप एक गोल गरेपछि खुमलटारले पुल्चोक स्पोर्टस क्लबमाथि ३–१ को सहज जित हासिल ग¥यो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !