७ बैशाख २०८१, शुक्रबार

पोर्चुगलले जित्यो पहिलो पटक युरोकपको उपाधि


ronaldo

वैकल्पिक खेलाडी एडरले अतिरिक्त समयमा गरेको एक मात्र निर्णायक गोलको मद्धतमा पोर्चुगल आयोजक फ्रान्सलाई स्तब्ध पार्दै पहिलो पटक युरोकपको उपाधि जित्न सफल भएको छ।

स्टेड डे फ्रान्समा भएको खेलमा पोर्चुगलले फ्रान्सलाई १–० ले हरायो। खेलको २४ औं मिनटमै स्टार खेलाडी रोनाल्डो घाइते हुँदै मैदान बाहिरिएपनि वैकल्पिक खेलाडी एडरले पोर्चुगललाई जित दिलाए। एडरले १०९ औं मिनेटमा २५ मिटर टाढाबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो।
eurocup
जितसँगै पोर्चुगलले पहिलो पटक युरोकपको उपाधि जितेको छ। सन् २००४ मा पहिलो पटक फाइनल पुगेको पोर्चुगलले दोस्रो प्रयासमा उपाधि जितेको हो।

आयोजक फ्रान्स भने पहिलो पटक घरेलु भुमिमा भएको मुख्य प्रतियोगिताको उपाधि जित्न असफल भएको छ। यसअघि फ्रान्सले घरमै भएको सन् १९८४ मा भएको युरोकप र १९९८ मा भएको विश्वकप उपाधि जितेको थियो।
eurocup portugal
निर्धारित ९० मिनेटको खेलमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !